सरकार, राजनीतिक दल र जेनजीबीच छलफल जारी
काठमाडौं । सरकारले आह्वान गरेको त्रिपक्षीय छलफल बालुवाटारमा सुरु भएको छ । बुधबार अपराह्न सुरु भएको छलफलमा सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधि सहभागी छन् ।
सरकारबाट प्रधानमन्त्री, गृहमन्त्री, कानुनमन्त्री, शिक्षामन्त्री, सञ्चारमन्त्री सहभागी छन् ।
राजनीतिक दलबाट नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी छन् ।
जेनजीको तर्फबाट १३ जना सहभागी भएका छन्। छलफलमा सहभागी हुने जेनजी प्रतिनिधिको सूचीमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक ढकाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर छन्।
यसअघि, प्रधानमन्त्री कार्कीले भने राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेकी छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि सरकारले छलफललाई तीव्र पार्ने प्रयास गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment