मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्यो राष्ट्रपतिको कतार भ्रमण
काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलभमेन्ट विषयक कार्यक्रममा सहभागी हुन पौडेलको नेतृत्वमा कात्तिक १७–२० सम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, संघीय संसद्का पदाधिकारीको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ हेरफेरको निर्णय भएको छ। स्वकीय सचिवको सुविधा हटाउने निर्णय भएको उनले बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment