जेनजी आन्दोलनमा घुसपैठ गरी न्यायालयमाथि आक्रमण गरेको शंकर पोखरेलको आरोप

डिसी नेपाल
१३ कार्तिक २०८२ १३:०३
140
Shares

काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन-जी आन्दोलनका क्रममा नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताएकाे छन्।

प्रेस चौतारी दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेले जेनजी आन्दोलनमा घुसपैठ गरि न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताए।

आन्दोलनमा नाममा न्यायालयमाथि आक्रमण हुन सामान्य घटना नभएको उनको भनाइ छ। महासचिव पोखरेलले जेन-जी आन्दोलनमा उठाइएका माग जायज भएपनि राष्ट्र विरोधी स्वार्थी तत्वले घुसपैठ गरेका कारण ठूलो जनधनको क्षति भएको जिकिर गरे।

उनले वर्तमान सरकारले गैह्र सरकारी संस्थालाई जेन-जी आन्दोलनको स्टेक होल्डर बनाउनु संविधान बिपरित भएको टिप्पणी गरे।

आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावलाई समेत असर पुर्‍याउन सक्ने बताए।

जेनजी आन्दोलनको छानविनका लागि बनेको आयोगका पदाधिकारीले आन्दोलनकारीलाई उकास्ने काम गरिसकेकाले निष्पक्ष छानबिन नहुने उनले बताए। गौरीबहादुर कार्कीले नैतिक हिसाबले राजीनामा दिनुपर्ने उनको तर्क छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.