राजसंस्थाको पक्षमा देशव्यापी आन्दोलन गर्ने शाही युवा शक्तिको घोषणा

डिसी नेपाल
१४ कार्तिक २०८२ १३:१५
84
Shares

काठमाडौं। शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजसंस्थाको पक्षमा सडकमा उत्रिनका लागि सबैसमक्ष आग्रह गरेका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले अबको निकास राष्ट्रपति भवन नभएर निर्मल निवास रहेको बताए। उनले अब सबै जनता उर्लिएर ज्ञानेन्द्र शाहलाई हात्तीमा राखेर नारायणहिटी नभित्र्याएसम्म देशमा सुख, शान्ति, समृद्धि र जेन–जी युवाहरुको सपना पूरा नहुने बताए।

‘नेपाली जनताको साझा सम्पत्तिको रुपमा, नेपालको सार्वभौमसत्ता रक्षा गर्नका लागि राजसंस्थाको पुनर्स्थापना अपरिहार्य छ । त्यसको लागि ढिलाइ नगरौं । राजसंस्थाको पक्षमा सडकमा उत्रिन पनि म आग्रह गर्न चाहन्छु,’उनले भने।

उनले राजा र राजसंस्थाको पक्षमा आगामी कात्तिक २२ गते देशव्यापी आन्दोलन गर्ने बताए । उनले सरकारलाई आफूहरुको आन्दोलन रोकेर देखाउन चुनौती दिए। राष्ट्रवादी र राजावादीहरु घर–घरबाट उठ्न उनले आग्रह गरे। ‘हामी कात्तिक २२ गते शनिबार राजाको पक्षमा शान्तिपूर्ण आन्दोलन देशव्यापी रुपमा गर्छौं । सरकारको तागत छ भने रोकेर देखाओस्,’उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *