मध्यरातमा बालेनले मुख छाडे, अनि स्टाटस हटाए

डिसी नेपाल
१६ कार्तिक २०८२ ७:०८
7.2k
Shares

काठमाडाैं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन्।

बालेनले मध्यरातमा पत्याउनै नसकिने असाधारण र अशोभनीय टिप्पणी गरेका हुन्। बालेनले अमेरिका, भारत र चीनलाई समेत नराम्रो लेखेका छन्। उनले अमेरिका, भारत र चीनलाई समेत मुछेर गाली गरेका छन्।

यता, नेपालका राजनीतिक दलहरु एमाले, काँग्रेस, रास्वपा, राप्रपा र माओवादीको नाम लिएर गाली गरेका छन्। सबै मिलेर पनि यिनीहरुले केही गर्न नसक्ने उनको दाबी छ।

उनले ११ बजेर ५६ मिनेटमा यो स्टाटस लेखेका थिए। उनले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन्। पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना सुरू भैसकेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *