आईजीपीका दावेदारहरु को कति पावरफुल छन्? यो विवरण हेरौं
काठमाडौं। भ्रष्टाचार, असफलता र राजनीतिक हस्तक्षेपले थिलथिलो भएको नेपाल प्रहरीले अबको एकसातामा नयाँ नेतृत्व पाउँदै छ।
विगतका केही दशकमा राजनीतिक दल र तिनका नेताहरुलाई रिझाउँदै पदस्थापन, बढुवा र अवसर पाउंदै अघि बढ्ने वानी परेका प्रहरीका उच्च अधिकृतहरु अहिलेको सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको डोरो भेट्न मुस्किल परेर अलमलमा छन्।
विशेषत नेता र दलहरुको निकटताले व्यवसायिक छवि र मर्यादालाई वेवास्ता हुँदा अवसर पाउने कुरामा पनि सधैं नेताको प्रिय हुनुपर्ने अवस्था थियो। त्यसैले निर्णयकर्तालाई सजिलो होस् भनेर डिसी नेपालले हालमा तीनजना प्रतिष्पर्धी एआईजीहरुले जागिरे जीवनको शुरुदेखि कुन कुन ठाउँमा कमाण्डर भएर काम गर्ने अवसर पाएका थिए भन्ने विवरणलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
सुविधासम्पन्न पदस्थापन, भ्रष्टाचारका लागि नाम चलेका ठाउंहरुमा पदस्थापन क कस्ले पाएका थिए र कहिले कहिले एवं कुन कुन गृहमन्त्रीका पालामा पाए भन्ने कुरा यो विवरणले स्पष्ट पर्ने विश्वास लिइएको छ।
यो विवरण हेरिसकेपछि कस्लाई प्रहरीको नेतृत्व दिनुपर्छ कस्लाई पर्दैन भन्ने कुराको निर्णय गर्न सरकारलाई सजिलो बनोस् एवं सरकारले गलत निर्णय गरे यो सरकारको मूल्यांकन गर्न जनतालाई समेत सजिलो होस् भन्ने अभिप्राय राखिएको छ।
हालका मुख्य प्रतिष्पर्धीहरु एआईजी दानबहादुर कार्की, एआईजी राजन अधिकारी र एआईजी मनोज केसी छन्। कसैकसैले सिद्धिविक्रम शाहलाई पनि प्रतिष्पर्धीमध्ये एक बनाएर प्रचारमा ल्याएका छन्।
इन्स्पेक्टरमा भर्ती भएपछि यी चारजना कार्यालय प्रमुखका रुपमा कुन कुन ठाउँमा कमाण्ड गर्न पाए, कस्तो कस्तो अवसर पाएर उनीहरु अघि बढे भन्ने यो तथ्यांकले देखाएको छ।
एआईजी दानबहादुर कार्कीले प्रहरी निरीक्षक हुँदा रामचन्द्र पौडेल गृहमन्त्री भएका बेला इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख थिए भने गृहमन्त्री दानवहादुर शाही भएका बेला इलाका प्रहरी कार्यालय आबु खैरेनी तनहुका प्रमुख थिए।
त्यस्तै प्रहरी निरीक्षक हुँदा हालका अर्का एआईजी राजन अधिकारी इलाका प्रहरी कार्यालय रुकुम र इलाका प्रहरी कार्यालय धोविडाँडा रामेछापका प्रमुख थिए।
त्यसबेला गृहमन्त्री धर्मबहादुर थापा थिए। गृहमन्त्री विजयकुमार गच्छेदार भएका बेला अर्का एआईजी मनोज केसी डिएसीका रुपमा प्रहरी बृत्त बौद्ध, काठमाडौंको कार्यालय प्रमुख थिए। त्यसयता उनीहरुले कहाँ कहाँ अवसर पाए यो तलको विवरणले देखाएकै छ।







डिसी नेपाल







Facebook Comment