बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
जनकपुर । जनकपुरधामका व्यवसायीहरुले आज बजार बन्द गरेर विरोधमा उत्रिएका छन्। धनतेरस पर्वको पूर्व सन्ध्यामा सुनचाँदी बजारमा धनुषा प्रहरीले छापा मार्ने क्रममा भएको विवादमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको टाउको फुटेको थियो।
सोको विरोधमा जनकपुरधामका व्यवसायीहरुले बजार बन्द गरी विरोध र्याली निकालेका छन्। कालो पट्टी बाँधेर कालो झण्डा बोकी जनकपुर बजारमा विरोध ¥याली निकालेका छन्।
उनीहरुले प्रहरी दमन बन्द गर, व्यापारी एकता जिन्दावाद, गैर कानुनी तरीकाले व्यापारीलाई लुट्न पाईँदैन, धनुषाका डिएसपी मुर्दाबाद लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन्।
कुनै पनि पसल वा संघ संस्थामा छापा मार्नु अघि निश्चित प्रक्रिया पूरा गर्नुपर्नेमा हावादारी हिँसाबले प्रहरीले छापा मारेको आरोप जकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जितेन्द्र महासेठले लगाए।
प्रहरीले कानुनी बाटो प्रयोग गर्नुको साटो बल प्रयोग गरेर अध्यक्ष भण्डारीलाई हातपात गरेको प्रति महासेठले आक्रोस व्यक्त गरेका छन्। उनले डिसपीलगायतको टोलीलाई कारवाही गर्नुपर्ने माग राखेका छन्।







डिसी नेपाल







Facebook Comment