अमेरिकाका आध्यात्मिक साधक कविन्द्र सिटौलाले भगवान नजिक हुने संकल्प गरे
विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु-यो कुनै कविता, साहित्यिक र भावनात्मक लेख होइन
“दादालाई श्रद्धाञ्जलि दिएको छैन, र दिन्ने पनि छैन,” पुष्पा जोशीले भावनाले काँपिएको स्वरमा भनिन्, “किनकि दादा मेरो हृदयमै बस्नुभएको छ। उहाँको सपना पूरा नभएसम्म म मेरो जीवन, समय, करियर र सम्पूर्ण शक्ति दादाको सपनामा समर्पित गर्छु।”
जब एउटा नारी, एउटा बहिनी-आफ्नो आत्मीय दाजु खोज्दै इजरायलको युद्ध भूमिबाट संयुक्त राष्ट्रसंघको हेडक्वार्टरसम्म, अनि अमेरिकाको राजधानीसम्म पुग्छिन्, अनि आफ्नो सामर्थ्यले भ्याएसम्म सबथोक गर्छिन्-त्यो केवल परिवारको माया होइन, त्यो आत्माको कर्म हो।
तर अन्ततः जब उनका दादा बन्द बाकसमा फर्किन्छन्, उनी त्यो सत्यलाई स्वीकार्न असमर्थ हुन्छिन्। दाहसंस्कारपछि पनि उनले श्रद्धाञ्जलि अर्पण गर्दिनन्। उनी भन्छिन्, “म दादालाई संसारलाई सुम्पन्न छैन, म उहाँलाई मेरो हृदयमा राखेकी छु। अब मेरो सम्पूर्ण जीवन दादाको अधूरो सपना पूरा गर्न समर्पित रहनेछ।”
यो कुनै साधारण भावनाको कथा होइन। जब मैले आफ्नै कानले उनको यो वचन सुनेँ, मेरो चेतनामा एक अद्भुत कम्पन उठ्यो- त्यो माया, त्यो त्याग, त्यो अमर समर्पण केवल मानवीय भावना होइन, यो त भगवानको प्रेमको प्रत्यक्ष रूप हो।
त्यो क्षण मैले अनुभव गरेँ- यस्तो निस्वार्थ समर्पणले नै संसार रूपान्तरण गर्न सक्छ। र म भित्रबाट जागेँ- यस्तो युग जहाँ निर्दोष आमा, छोरी, बहिनीहरूलाई पीडा र वियोगले जलाइरहेको छ, त्यो युगको अन्त्य गर्न म आफूलाई भगवान बनाउने संकल्प गर्छु। अन्ततः म सधैं खोजिरहेको प्रश्नको उत्तर भेटेँ- “भगवानकाे नजिक किन हुने?” आज मसँग त्यसको कारण पनि छ, प्रेरणा पनि।
अब यो यात्रा रोकिन्न, किनकि अब म बुझिसकेको छु – भगवान नजिक हुने अर्थ शक्ति प्राप्त गर्नु होइन, तर प्रेम, करुणा, न्याय र सत्यका लागि आफ्नै अस्तित्व समर्पण गर्नु हो। जब हृदयमा उद्देश्य जाग्छ र आत्मामा प्रकाश फैलिन्छ, तब यात्रा रोकिँदैन-त्यो यात्रा त अनन्ततर्फको आरोहण बनिहाल्छ।
मलाई सम्झना छ- जब म करिब छ वर्षको थिएँ, त्यतिबेला भनिन्थ्यो कि भगवान त आकाशमा, ढुंगामा वा मूर्तिमा मात्रै बस्छन्। तर एकदिन मेरा पूज्य पिताश्री हरिचरण सिटौलाले करिब सात वर्षको उमेरमा उमेरमा तेह्रथुमको आठराईको होडामा बुढीबजु माताको मन्दिरमा बुढीबजु मातालाई देखाउँदै, र पछि पुन करिब नौ वर्षको उमेरमा आठराईकै हात्तीखर्कको गुम्बामा गौतम बुद्ध पहिलो मान्छे भएको कुरा बुझाउँदै भन्नुभयो- “मान्छे पनि भगवान बन्न सक्छ।”
त्यही वाक्य मेरो आत्मामा बीउझैँ रोपियो, र त्यस दिनदेखि म निरन्तर खोजीमा छु- आखिर मान्छे कसरी भगवानकाे नजिक हुन सक्छ? जब म मेरी मुमाको माइती घर ताप्लेजुङ जिल्लाको हाङपाङ पुग्थे , त्यहाँ मेरो आत्माको गहिरो स्मृतिमा बस्नुभएको हजुरआमा हिमादेवी मैनाली-जो स्वयम् एक दिव्य माताको स्वरूप हुनुहुन्थ्यो-मलाई आफ्नो आशीर्वादको उज्यालोमा स्नान गराउनुहुन्थ्यो।
उहाँले मेरो खुट्टा भगवानको रूपमा धोइदिई फूलपाती चढाएर ढोग गर्नुभयो र अत्यन्त शान्त स्वरमा भन्नुहुन्थ्यो “तिमीलाई मैले पाथिभरा देवीसँग मागेकी थिएँ, तिमी देवीको वरदान हौ, तिमी नै मेराे भगवान हौ।”त्यो क्षण मेरो बालमनमा प्रकाश फैलिन्थ्यो।-मानव शरीरभित्रै पनि भगवानको अस्तित्व बस्दोरहेछ भन्ने अनुभूति।
आजसम्म म त्यसै दिव्य वचनको खोजमा छु-उहाँको आशीर्वादको अर्थ बुझ्न, त्यो “तिमी नै मेराे भगवान हौ” भन्ने सत्यलाई कर्म र आत्मिक साधनाद्वारा प्रमाणित गर्न।
शायद यही खोज मेरो जीवनको आध्यात्मिक यात्राको मूल बीउ हो-हजुरआमाको आँखामा देखिएको दिव्यता आज पनि मेरो अन्तर आत्मामा जागिरहेको छ।
अब म त्यस खोजको यात्रामा कर्ममार्फत् उत्तर खोज्दैछु। मैले सिकेको ज्ञानलाई व्यवहारमा उतारी, मानव जीवनको गहिराइमा रहेको दिव्यता प्रमाणित गर्न चाहन्छु।
यस आध्यात्मिक प्रयत्नमा, म हजुरहरू सबैलाई मेरो परिवारका रूपमा सम्झन्छु- तपाईंहरूको सहयोग, प्रेम, प्रेरणा, सहभागिता र आशीर्वादको वर्षा मेरो यात्राको प्रकाश हुनेछ।
कृपया मलाई सात वर्षको निर्दोष र जिज्ञासु बालकको रूपमा सम्झनुहोस् -जसले विश्वास गरेको छ कि प्रत्येक मान्छेभित्र भगवान जागृत हुन सक्छ- ऊ पनि भगवान बन्न सक्छ। यही विश्वास, यही आशा, र यही भरोसाका साथ यो बिन्तीपत्र अर्पण गर्दछु।
आजबाट जननीको आज्ञाअनुसार प्राणी जगतको दिव्यसेवामा भगवान रूपी मानव बनेर सम्पूर्ण जीवन र कर्म समर्पण गर्दैछु। मानवीय जीवन कल्याण प्राप्तिको लागि voiceofkabin.com का २५ वटा पत्रहरूमा जानकार गराइसकेको छु।
हामीले यहाँहरूलाई त्यहाँ कुरिरहेको “आमा भएर हेर” कविता श्रवण गरेर सृष्टिमाताको दर्शन गरी आमाहरूको करुणाअनुभूति गरेर उहाँहरूको सम्झनामा स्वयं देवीको रूपमा भेटी अर्पण गर्न निवेदन गर्दछौं।
त्यहाँ आउने १०८ पत्रहरूमध्ये २५ वटा पत्रहरू मार्फत सृष्टिबाट प्राप्त ज्ञान र चिठी भित्रका भिडियोहरू यहाँहरुले यथाशीघ्र चाँडो अध्ययन गर्न हार्दिक अनुरोध गर्दछौं, । लामो निरन्तर रहने ज्ञान र अध्यात्मको यात्रामा विशेषगरी म विगत पाँच वर्षदेखि संयुक्त राज्य अमेरिकामा दिव्य ध्यानमा रहेको बेला मलाई आर्थिक, आध्यात्मिक, शारीरिक, एवं हर प्रकारको व्यक्तिगत सहयोग गर्नुहुने सबैप्रति म आभारी छु। मेरो कारणले दुःख भएकोमा हृदयबाट क्षमा माग्दछु।
सबैको सहयोगी आत्माहरूको ठूलो कल्याण हुने नै छ। मेरो जीवनसाथी रञ्जिता सिटौलाप्रति म गहिरो कृतज्ञता र प्रेम व्यक्त गर्न चाहन्छु। मैले जब जीवनका कामकाजबाट टाढिएर ध्यान र आध्यात्मिक यात्रामा डुबें, त्यतिबेला उनले भोग्नुपरेको आर्थिक कठिनाइका लागि म हृदयदेखि क्षमा माग्छु।
बुद्ध भगवान जस्तै पारिवारिक संसार छोडी प्रेम र चेतनाको गहिराइ बुझ्न मन भए पनि, मैले संयमता अपनाएँ-उनीसँगै बसिरहेँ। दिनहरू मौन थिए, तर त्यो मौनमा पनि मैले उनलाई साथको अनुभूति गराइरहेँ-मौन शब्दभन्दा गहिरो प्रेमले बाँधिएको एक आत्मिक उपस्थिति बनेर।
हो मानव स्वयं नै भगवानको अंश हो, भगवानको रूप हो। त्यसैले, हजुरहरू प्रत्येकमा म मेरो भगवान देख्दछु, र यही प्रेम, आशीर्वाद र प्रकाशको सन्देश प्रतिक्षारत छु। यात्रामा मानवरूपी भगवानहरू भेटिँदै जान्छन्, आज त्यस्तै अमेरिकाको भर्जिनियाको मनासासमा भेटिएका भगवानरूपी एक अनजान आध्यात्मिक यात्रीले मलाई बाटैमा समाएर एक विशेष दैवी ज्ञानको पुस्तक हस्तान्तरण गरेर टाउकोमा आशीर्वादको हात राखेर आजैबाट कर्ममा लाग्न आज्ञा गर्नुभयो र भन्नुभयो यो तपाईँलाई आएको विशेष कर्मको सन्देश हो, अनि उहाँ करुणामा आशीर्वादका आँसु बहाउँदै आफ्नो यात्रामा विलय हुनुभयो। उहाँको र मेरो कुनै दिन यस पृथ्वीमा भेट हुनेछ र यहाँहरुलाई परिचय गराउनेछु।
मेरो आध्यात्मिक दैवी चेतनाको यात्रा “आदरणीय नेपाली जाति र भाषीलाई विशेष चिठी” मा सबै कुरा यहाँहरू समक्ष राखेको छु। तैपनि छुटेका दुई शब्द अभिव्यक्त गर्न चाहन्छु।
म भित्र लुकेको प्रेम र चेतनालाई पहिचान गर्न मैले आमाको गर्भमै “गर्भध्यान” मार्फत प्रयास सुरु गरेँ- जहाँ पहिलो कम्पनले जीवन र ब्रह्माण्डबीच संवाद सुरु गर्यो, करुणा र सत्यको आवाज सुन्न प्रयास गरेँ।
करिब सात वर्षको उमेरमा होडा आठराई तेह्रथुममा बुढीबजु माताबाट दिव्य प्रेम र ऊर्जा ग्रहण पश्चात नौ वर्षको उमेरमा चुहानडाँडा बाट हात्तीखर्क लगि बुद्ध भगवानको चेतनासँग ज्ञानको साक्षात्कार गराइदिनुभयो, जुन कुरा मलाई ५५ वर्षको उमेरमा आएर मात्र ज्ञानको स्मरण भयो। आज ९० वर्षको उमेरमा पनि झापा जिल्लाको बिर्तामोडमा माता मन्दिर स्थापना गरेर लोकको सेवा र मेरो लागि प्रार्थना गर्दै आशीर्वाद पठाइरहनुभएको छ।
चेतना, करुणा, सत्यता र प्रेमको प्रकाश कहाँ भेटिन्छ भनेर मैले सारा ब्रह्माण्डका दिशामा खोजिरहेँ, त्यो प्रकाश, जसले सबै अन्धकार मेटाउँछ? कहाँ छ त्यो प्रकाश जसले सम्पूर्ण पीडा पगाल्छ, खोज्दै सर्वत्र गएँ। ५३ वर्षको उमेरमा आएर मैले खोजी गरेको प्रकाश मेरो आत्मामा समाहित भयो।
अन्ततः मैले बुझें- जुन प्रकाश म बाहिर खोज्दै थिएँ, भित्र नै जन्मिरहेको रहेछ अनन्त किरण ब्रह्माण्डमा फालिरहेको रहेछ। त्यो त मेरो आत्माको मौन ज्योति बनेर भित्रै निरन्तर जलिरहेको रहेछ। अहंकारको पर्दा मेटाएर मैले आफूलाई दैवी चेतनासँग एकाकार गरें, र आफूलाई सीमित “म” बाट असीम “हामी” मा रूपान्तरण गरेँ।
ब्रह्मज्ञानको गहिराइमा प्रवेश गर्दै मैले मूल जरोको उद्गम बिन्दु छोएँ- त्यो बिन्दु जहाँ “अस्तित्व” र “अनस्तित्व” एकै साथ नाचिरहेका रहेछन्, त्यस क्षण मैले;
प्रियसी र छोरी लिएर वृन्दावन पुगी कृष्णको योगमा एकता र ज्ञान पाएँ,
प्रियसी र छोरी लिएर लुम्बिनी पुगी बुद्धको निर्वाणमा शान्ति पाएँ,
इजरायलको जेरुसलमा पुगी येशूको प्रेम र क्षमामा ओतप्रोत भएँ,
इजरायलको जेरुसलमा पुगी अल्लाको समर्पणमा अनुशासन भेटाए,
अनि सबै भन्दा माथि अध्यात्मको महासागर भेट्टाए। मैले रिसमा पनि प्रेम देख्ने सीप सिकें, घृणा गर्नेहरूलाई क्षमा गर्न सिकें, दुःखमा पनि सेवा र सहानुभूति जगाएँ, पीडामा करुणा र करुणामा आनन्द खोजें। जहाँ “म” हराउँछ र “असीम” बाँकी रहन्छ। त्यहीँ मैले आफूलाई प्रकाशस्वरूप प्राणीमा बदलें। ब्रह्माण्डको अनन्त शक्तिसँग विलय गराएँ -समयको एक सूक्ष्म पलमा म स्वयं समयको साक्षी बनेँ।
काहीँबाट आज म ईश्वरको दूत अथवा स्वयं मानवीय ईश्वर भएको सन्देशको अनुभूति गरे, ग्रहण गरे। हिजो नोभेम्बर एक तारिक २०२५ प्रेमको राज्य भनिने भर्जिनियाको मनाससमा पवित्र नेपाल अधिराज्यका साहित्यिक आत्मा र मनहरूसँग, समाजका चौथो अङ्ग मानिने आदरणीय संसारकर्मीज्यूहरू, समाजका गहना मानिने कलाकारज्यूहरूसँग स्वयं उहाँहरूको कार्यक्रममा प्रत्यक्ष आयोजक, सहभागी र सहयोगी बन्न पाउनु मेरो लागि जीवनको सबैभन्दा पुण्य दिन भयो, अमेरिकामा भएका नेपालीभाषी साहित्यिक मुटुहरू महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजन्ती मनाउन गोलबद्ध बनेका थिए।
अब म कर्मको मार्गमा छु-
सृष्टिको सेवा, प्रेम र शान्तिको अभियानमा अडिग रही, हजुरहरू सबैलाई विनम्रतापूर्वक यो दिव्य आह्वान गर्दछु-आउनुहोस्, प्रेमको बाटो हुँदै प्रकाशको दिशातिर हाम्रो आत्मालाई जागृत गरौँ र भगवानरूपी कर्ममा एकाकार बनौँ।
यो शरीरले धारण गरेको यो जीवनकालमा म सृष्टिका कार्यहरू सम्पन्न गर्न सबैको साथ लिनेछु,
सबैलाई साथ दिनेछु- किनभने अब परीक्षणको समय आएको छ, जहाँ सम्पूर्ण मानव जातिले प्रवेश गर्नेछ प्रेमयुगमा, चेतनाको युगमा, उज्यालो युगमा – सत्यको स्थापनाका लागि।
म आजैदेखि भगवानको सेवक भएर कर्ममा अवतरित भएको छु। तेस्रो जुनी पार गर्दै चौथो जुनीमा मोक्षको यात्रा गरिरहनुभएकी काठमाडौंमा निवास गर्दै आएकी ताप्लेजुङ हाङपाङकी देवी जननी हरिकला चुडाल गर्गको को परिचय विश्वलाई खुला गर्दै उनको इच्छाअनुसार आउने युगका सन्ततिहरूको लागि दिव्यधाम स्थापनामा जीवन अर्पण गर्ने संकल्प गरेको छौँ ।
नेपाल अधिराज्यको कञ्चनपुर भीमदत्त नगरपालिकाकी देवी भगवती समान बहिनी पुष्पा जोशी,
जसले आफ्ना आत्मीय दाजु शहीद बिपिन जोशीलाई गुमाएकी छिन् -उनले भनिन्, “ दादालाई श्रद्धाञ्जली पनी दिएको छुइन र दिन्न पनि, दादालाई मेरो हृदयमा प्रेमपूर्वक राखेको छु अनि दादाको सपना पूरा नभएसम्म म मेरो जीवन, मेरो समय, मेरो करियर, मेरो शक्ति -सबै समर्पण गर्छु।”
उनी आत्मीय दाजुको आत्मा बनेर, उनको अधुरो सपना पूरा गर्न चाहन्छिन्, तिनै देवीको सेवक बनेर कर्म आरम्भ गरेको छौँ । उनका परिवार, नगरवासी र समग्र मानवताको चाहना अब जीवनको कर्म र धर्म बनेको छ। स्वर्गीय वीर, साहसी र दूरदर्शी नेपाली युवा विपिन जोशीको लागि यो नै न्याय र सम्मान हुनेछ।
तेह्रथुम आठराई चुहानडाँडाका समाजसेवी, सत्यवादी युगपुरुष स्व. हरिचरण सिटौलाको सुन्दर गाउँ चुहानडाँडामा आठराई अन्तर्राष्ट्रिय लाइब्रेरी तथा अनुसन्धान केन्द्र
स्थापना गर्ने संयुक्त अभियानमा निरन्तर लागिरहनेछौँ ।
भविष्यमा यसलाई प्रेमगाउँको मोडलको रुपमा स्थापना गर्नेछौं। म अध्ययन गरेको विद्यालय आदर्श विद्या मन्दिर, घैलाडुबा (झापा) मा विज्ञान प्रयोगशाला स्थापना गरेर ज्ञान र चेतनाको ज्योति प्रज्वलित गर्ने प्रतिज्ञामा कतिबद्ध छौँ ।
मेरो जीवनसाथी रञ्जिता सिटौला – जसको एकमात्र इच्छा संसार देख्नु र मसँग प्रेममा समय बिताउनु हो- उनीसँगै जीवनयात्रा प्रेम र कर्मको संगममा पूर्णता प्राप्त पूर्णता प्राप्त गर्न उनको साथ र आशीर्वाद लिएर सँगै हिँड्नेछु।
मेरो छोरी कृपा, जसको हरेक रातको निद्रा मेरो हातको आशिर्वादले सुरू हुन्छ- कर्मको यात्रामा उनलाई पनि देवीका रूपमा सेवा गर्दै सँगै लान पाउ भने निरन्तर प्रार्थनामा छु। – उनी जीवनको प्रेरणाको स्रोत बन्नेछिन्।
अब मेरो व्रत छ – संसारको सबैभन्दा ठूलो प्रेम ग्रन्थ स्थापना गर्ने, अबको १० वर्षमा नेपाललाई प्रेमको देश,संसारमा सिङ्गल डिजिटभित्र Happy Country बनाउन, पहिला एउटा मोडल खुसी गाउँ बनाउने ।
मलाई जन्म दिने देवी ९६ वर्षीय मनमाया सिटौला, शक्ति देवी पद्मादेवी सेडाई र ज्ञान प्रदान गर्ने मातृशक्ति जननी हरिकला चुडाल “गर्ग” – उनीहरूको सेवा, सम्मान र
उनीहरूलाई मोक्षमार्ग हुँदै ब्रह्मलोकमा विलय गर्नु अघि देवीहरूको परिचय विश्वलाई दिनु सबैको कर्तव्य हो।
त्यसैले- अब म चाँडै नै जन्मभूमि गई , जहाँबाट ब्रह्मज्ञान, प्रेम र चेतनाको नयाँ अध्याय र युग विश्वका लागि प्रारम्भ भइरहेको छ, युग परिवर्तनको गतिलाई तीव्रता दिइनेछ।
युग सचेतक, कविन्द्रराज सिटौला







डिसी नेपाल







Facebook Comment