नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

डिसी नेपाल
१८ कार्तिक २०८२ १५:२२
12
Shares

पाटन (ललितपुर) । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा दिउँसो २ बजेदेखि सुरु भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायत पदाधिकारी केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरू र प्रदेश सभापतिहरू सहभागी छन्।

आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत हुनेगरी तयारी भएको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिए। जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा असोज २८ गतेदेखि सुरु भएको बैठक असोज ३० र ३१ गते, त्यसपछि कात्तिक १३ र १४ गते सञ्चालन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.