जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो: अध्यक्ष ढकाल

डिसी नेपाल
१९ कार्तिक २०८२ १७:५०
20
Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’का कारण तोडफोड, आगजनी र लुटपाटका घटना भएको बताएका छन्।

नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विध्वंश पछिको अर्थतन्त्रः कारण र चुनौती’ विषयक चौथो प्यानल छलफलमा बोल्दै अध्यक्ष ढकालले आन्दोलनको वास्तविक उद्देश्य र जनचाहनाअनुसार परिणाम नआएको टिप्पणी गरे।

उनले जेनजीको आन्दोलन प्रारम्भिक उद्देश्य र चाहनाअनुसार अघि बढे पनि पछि गलत तत्वको प्रवेशले त्यसलाई असामाजिक गतिविधितर्फ मोडिएको बताए।

उनले भने, ‘वास्तवमा जेनजीको आन्दोलन जुन उद्देश्य र स्पिडमा भएको थियो, त्यो अनुसारको परिणाम आएन। तोडफोड, आगजनी, लुटपाट भयो । मलाई लाग्छ त्यो रियल जेनजीको उद्देश्य अनुसार भएको थिएन, यो गलत घुसपैठका कारण भएको हो।’

ढकालले तोडफोड र आगजनीका कारण उद्योग प्रतिष्ठान र नागरिकको घरसमेत असुरक्षित बनेको उल्लेख गरे। उनले भने, ‘सुरक्षित ठाउँ त घर हो, त्यो घर नै असुरक्षित भयो भने त्यो व्यक्तिको, समाजको, राज्यको र प्रणालीको के अवस्था हुन्छ ? ’

उनले सुशासन र पारदर्शिताको सवाल केवल जेनजीको मात्रै नभई सबैको साझा विषय भएको पनि बताए। ढकालले निजी क्षेत्रले पनि लामो समयदेखि सुशासन र पारदर्शिताको माग उठाउँदै आएको समेत बताए।

उनले भने, ‘वास्तवमा जेनजीको आन्दोलन जुन उद्देश्य, जुन चाहना अनुसार अथवा जुन स्पिडमा भएको चाँही थियो त्यो आन्दोलनको उदेश्य र रियलमा जेनजीले चाहेको जस्तो रिजल्ट आएन। सुशासन र पारदर्शिताको कुराहरु जेनजीको मात्र होइन हामी सबैको हो। तर जेनजीको आन्दोलनको जुन स्पिड थियो त्यो गलत घुसपैठका कारणबाट त्यसलाई गलत मोडतिर लगेको कुरा मैले फिल गरेको छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *