बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत खानेपानी योजना निर्माण हुने

डिसी नेपाल
२६ कार्तिक २०८२ २१:१६
16
Shares

बाजुरा। बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरुलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो।

करिब २७ करोड लागतमा बृहत कोल्टी खानेपानी योजना निर्माण गर्न लागिएको नगर प्रमुख जनक कुमार बोहराले बताए। उनका अनुसार, नगरपालिकाको समन्वयमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय डडेल्धुराको आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित रकमबाट खानेपानी निर्माण गरिने बताए।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना डढेल्धुरा र प्रतिक्षा निर्माण व्यवसायीबीच निर्माण कार्यको सम्झौता भई खानेपानी निर्माणका लागी शिलान्यास समेत गरिएको छ।

पहिलो चरणमा ५ करोडको ठेक्का सम्झौता भई काम सुरु गरिएको र चरणवद्ध रुपमा ठेक्का आव्हान गरी खानेपानी योजना निर्माण गरिने नगरपालिकाले जनाएको छ। नगरपालिकाको १,२,३ र ५ का झण्डै १७ हजार बढी बासिन्दा लाभान्वित हुने भएका छन्।

यो भन्दा अघि कोल्टीमा गुणस्तरीय खानेपानी नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए ।खानेपानी निर्माण कार्य अघि बढे संगै निर्माण पश्चात् समस्या समाधान हुने अपेक्षा समेत लगिएको छ। निर्माण हुने बृहत कोल्टी खानेपानी योजना दिर्घकालीन ठुलो समेत योजना हो।

नगरको शिक्षा,स्वास्थ्य,सञ्चार,खानेपानी पहिलो प्राथामिकतामा राख्दै अघि बढेको र सबै वडामा समस्या समाधान गरिने नगर प्रमुख बोहराको भनाइ छ। खानेपानी हाहाकारले आकुलव्याकुल हुने कोल्टीमा खानेपानी निर्माण हुने भए पछि स्थानीय खुसी भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *