३९ वर्षे रोनाल्डिन्होले लिए सन्यास फिर्ता, छिट्टै मैदानमा देखिने!
एजेन्सी । ब्राजिलका सुपरस्टार फुटबलर रोनाल्डिन्होले ३९ बर्षको उमेरमा सन्यास फिर्ता लिएका छन । सन्यास फिर्ता लिएर उनले कोलम्बियाको सान्टा फे बाट फेरि फुटबल खेल्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
२०१८ को जेनवरीमा सक्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका रोनाल्डिन्होले फेरि मैदानमा फर्कने भएका हुन् । विश्व फुटबलमा सफल फुटबरलरको पहिचान बनाएका उनले यही अक्टोबर १७ तारिखमा हुने मैत्रीपूर्ण खेलबाट फेरि फुटबल मैदानमा खेलाडीका रुपमा देखिने भएका छन ।
उमेरलाई पनि चुनौती दिँदै उनले कोलम्बियाको सर्वाधिक सफल क्लबबाट कमब्याक गर्ने भएका छन् । यस बाहेक उनले कोलम्बियाको डर्बीमा पनि खेल्नेछन् जसमा अमेरिका र डिपोर्टिभो कालीबीच प्रतिस्पर्धा हुनेछ । २ पटकका फिफा बर्ष खेलाडी समेत रहि सकेका उनी २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा टिमका सदस्य रहेका थिए ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment