गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

डिसी नेपाल
२७ कार्तिक २०८२ ११:१९

गुल्मी । आँपचौरशान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ। यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखिशान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ देखि ११ बजेसम्म र दिउँसो १२ देखि अपराह्न ५:३० बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

यही कात्तिक २९ गतेदेखि लाग्ने चक्रेश्वरलाई दृष्टिगत गरी उक्त कार्यालयले सम्बद्ध सबैलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ। उक्त सडक रु ५२ करोडको लागतमा स्तरोन्नति थालिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर तिलकबहादुर गाहले बता। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *