बयानका नाममा एमाले नेतालाई दुःख दिए लाखौं युवाले सिंहदरबार घेर्ने युवा संघको चेतावनी
काठमाडौं। राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको निर्णय अनुसार आज (बिहीबार) बाट युवा जागरण अभियान सुरुवात भएको छ। बिहीबार लुम्बिनी प्रदेशले दाङको तुलसीपुरमा आयोजना गरेको प्रदेश स्तरीय जागरण सभालाई सम्बोधन गर्दै संगठनका अध्यक्ष क्षितिज थेबेले एमालेको इतिहास, संगठन र जनसमर्थनका आधारमा अन्य कुनै दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरे।
अहिले एमालेलाई सबै तिरबाट प्रहार भइरहेको उल्लेख गर्दै अध्यक्ष थेबेले जनतासँग जोडिएको र तल्लो तहसम्म कमिटी भएको पार्टी भएको कारण एमालेमाथि घेराबन्दी गरिएको जिकिर गरे।
एमालेको महाधिवेशन नजिकिँदै गर्दा थेबेले विगतमा केपी ओली नेतृत्वले गरेको कामको फेहरिस्त लगाएका थिए। उनले भने, ‘केपी ओली नेतृत्वको सरकारकाले गरेको कामले प्रतिश्पर्धीहरु आत्तिएका थिए। संघ, प्रदेश र वडासम्मको बिकासको लहर उठेको थियो। नेपाल समृद्ध हुने भयो भनेर विदेशी शक्तिहरुले हाम्रा साना भाइ बहिनीलाई र युवाहरुको भावना प्रयोग गरि देशको डाटा नष्ट गरेर मुलुकलाई पूरै खरानी बनाउने काम गरे। अहिले एमाले पनि सरकार बाहिर रहनु परेको छ।’
थेबेले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति राज्य संयन्त्र प्रयोग गरी गरिएको व्यवहारप्रति आपत्ति जनाए। उनले एमालेका कुनै नेतामाथि बयानका नाममा दुःख दिने काम भए लाखौ युवाले सिंहदरबार घेराउ गर्ने चेतावनी दिए।
उक्त कार्यक्रममा सयौको संख्यामा जेनजी युवाहरुले पार्टी प्रबेश गराउँदै अध्यक्ष थेबेले देश बनाउने पार्टी एमाले नै रहेको दाबी गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment