अष्ट्रेलियाका दिग्गज अलराउन्डर ग्लेन म्याक्सवेलद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

डिसी नेपाल
१७ कार्तिक २०८३ ७:५२

काठमाडौं । अष्ट्रेलियाका दिग्गज अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३८ वर्षीय अलराउन्डरले सोमबार आधिकारिक रूपमा आफ्नो १४ लामो अन्तर्राष्ट्रिय करिअरलाई बिट मारेको घोषणा गरेका हुन्।

‘द फाइनल वर्ड’ पोडकास्टमा कुरा गर्दै म्याक्सवेलले आफ्नो यो निर्णयको पुष्टि गरेका हुन्। उनले सन् २०२६ को टी-२० विश्वकपपछि नै टोली व्यवस्थापनसँग भविष्यको योजनाबारे कुराकानी भइरहेको बताए। म्याक्सवेलले भने, ‘मलाई आफ्नो देशका लागि खेल्ने जुन अवसर मिल्यो, त्यसप्रति म अत्यन्तै कृतज्ञ छु।’

म्याक्सवेलले यसअघि नै जुन २०२५ मा एकदिवसीय क्रिकेटबाट सन्यास लिइसकेका थिए, त्यसपछि उनी अष्ट्रेलियाका लागि केवल टी-२० फर्म्याटमा मात्र खेलिरहेका थिए। यसै वर्षको सुरुमा भएको टी-२० विश्वकपका क्रममा ओमानविरुद्ध खेलिएको खेल नै उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल साबित भयो, जसमा उनले बलिङ गर्दै दुई विकेट हात पारेका थिए।

म्याक्सवेलले अष्ट्रेलियाका लागि ७ वटा टेस्ट, १४९ वटा एकदिवसीय र १३० वटा टी-२० म्याच खेलेका छन्। आफ्नो करिअरमा कुल १० वटा अन्तर्राष्ट्रिय शतक र १३६ विकेट लिँदै उनले खेलको हरेक फर्म्याटमा आफ्ना उत्कृष्ट प्रदर्शनको अमेट छाप छोडेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *