अध्यक्ष उपेन्द्र यादवले गरे लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन, गण्डकी प्रदेश अधिवेशन सम्पन्न
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश अधिवेशन सुरु भएको छ। शनिबार पार्टी अध्यक्ष उपेन्द्र यादवले भैरहवास्थित दरबार बेंक्वेटमा आयोजित अधिवेशनको खुला सत्र उद्घाटन गरेका हुन्। अधिवेशनले आइतबार प्रदेश समिति निर्वाचित गर्ने पार्टीले जनाएको छ।
त्यसैगरी जसपा नेपालको गण्डकी प्रदेश अधिवेशन सम्पन्न भएको छ। शनिबार कास्कीमा सम्पन्न अधिवेशनबाट रामकाजी चर्मकारको अध्यक्षतामा ३७ सदस्यीय प्रदेश समिति निर्वाचित भएको छ। प्रदेश समितिको एकताको अधिवेशनमा पार्टी सहअध्यक्ष रकम चेम्जोङ प्रमुख वक्ता रहेको थिए।
यससँगै जसपा नेपालले पाँच प्रदेश समितिको अधिवेशन सम्पन्न गरेको छ। बागमती र सुदुरपश्चिम प्रदेश समितिले अधिवेशनको तयारी गरिरहेको बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment