मध्यरातमा दुर्गा प्रसाईं पक्राउ
काठमाडौं। राष्ट्र, राष्ट्रियता तथा धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
मङ्सिर ७ गतेदेखि आन्दोलन थालनी गर्ने घोषणा गरिसक्नुभएका प्रसाईंलाई प्रहरी टोलीले मध्यरातमा भक्तपुरस्थित उहाँको निवासबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरी अहिले भद्रकालीस्थित प्रहरी परिसरमा राखेको जनाएको छ।
प्रसाईंले हालै दिएको अभिव्यक्ति कतिपयले भड्काउने प्रकृतिको रहेको तथा त्यसले हिंसा उत्पन्न हुन सक्ने सम्भावना देखिएकाले समातिएको बताइएको छ। उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्दै यातायातसहित सबै क्षेत्र अवरुद्ध गर्ने दाबी गर्दै आएका थिए।
प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौंंमा शक्ति प्रदर्शन गर्ने भनिएको थियो।
फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, युट्युब, टिकटकलगायत प्रसाईंंका समर्थकहरूले मंसिर ७ गते काठमाडौं पुगेर प्रदर्शनमा सहभागी हुन आग्रह गरिरहेका थिए।
प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै डेढ लाख बढी मानिस काठमाडौंमा उतार्ने बताएका थिए। यनले बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डासहित आन्दोलन गरिरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment