नेपाली सेनाविरुद्ध भारतमा किन त्यस्तो कुरा लगाइयो?
काठमाडौं। जेन-जी आन्दोलनका क्रममा सेनाले तत्कालीन सरकारलाई असहयोग गर्नुको कारण पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा बसाउन हो भन्ने सन्देश छिमेकी मुलुकका सरकारहरु समक्ष पुर्याइएको बुझिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकार समूहबाट यस्तो सन्देश छिमेकी मुलुक विशेषत भारतमा निरन्तर पुर्याएको थियो। जेन-जी आन्दोलनमा भारतीय सरकार संरक्षित केही मिसनरीहरुको समेत संलग्नता रहेको अवस्थामा त्यही आन्दोलनलाई पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन प्रयोग गर्न नेपाली सेना लागेको निरन्तरको खबरले भारत झस्किएको थियो।
भारतीय दूतावास निकट स्रोतका अनुसार, जेन-जी आन्दोलनको तहसनहसको अवस्थामा अब के हुन्छ भनेर बुझ्न भारतीय दूतावासबाट गरिएको पटक पटकको प्रयासमा सेनाले चासो नदिनु, प्रधानमन्त्रीलाई हेलिकोप्टर चढाएर अन्तै लानु, राष्ट्रपतिलाई समेत सैनिक व्यारेकमा राख्न लैजानुजस्ता घटनाले कतै पूर्वराजालाई फर्काउन खोजिएको त होइन भन्ने लाग्नु स्वाभाविक थियो।
पूर्वराजा ज्ञाानेन्द्रलाई गद्दीमा ल्याउनु तत्कालका लागि उचित नहुने ठानेर भारतले राष्ट्रपति पौडेललाई जुनसुकै हालतमा पनि पद नछाड्न दवाव दिएको थियो।
राष्ट्रपतिलाई राजीनामा दिन दिइएको दबाबले थप शंका लागेपछि व्यारेकभित्रै बाथरुमा गएर भए पनि भारतीय पक्षसँग कुरा गर्न राष्टपति पौडेललाई सुझाइएको र सोही अनुसार, कुरा भयो ।
समाचारअनुसार, नेपाली सेनाको तर्फबाट भारतीय पक्षको जिज्ञासाको जवाफ दिने सम्पर्क व्यक्ति कोही नभएको अवस्थामा राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाले सेना त लोकतान्त्रिक प्रणाली मास्न र पूर्वराजालाई गद्दीमा राख्न लागिपरेको भन्दै लगातार सूचना भारतलाई दिएका थिए।
“सुनील थापामात्रै एकमात्र एकजना सम्पर्क व्यक्ति थिए त्यो बेला त्यसैले उनीमार्फत नै राष्टपति पौडेलसँग कुरा गर्न र सेनाले के गर्न लागेको छ भन्ने जानकरी लिने अवसर पाइयो भारतीय दूतावासनिकट स्रोतले भन्यो, त्यसबेला उनले जे भने त्यही सही हो कि भन्ने लागेको थियो। राष्ट्रपतिलाई राजीनामा दिन दिइएको दबाबले थप शंका लागेपछि व्यारेकभित्रै बाथरुमा गएर भए पनि भारतीय पक्षसँग कुरा गर्न राष्टपति पौडेललाई सुझाइएको र सोही अनुसार, कुरा भयो।”
सेनाबारे अफवाहपूर्ण जानकारी छिमेकी मुलुकलाई दिएकोबारे यतिबेला भने राजनीतिक कुटनीतिक तहमा छलफल हुने गरेको छ। सेनाले पूर्वराजालाई सत्तामा फर्काउन खोजेको भने थिएन।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको राजीनामा पछि उत्पन्न भएको राजनीतिक अवस्थालाई थप बिग्रन नदिन र हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न सेनाले प्रयास गरेकोतर्फ नजरअन्दाज गर्दै असत्य जानकारी दिनुको राजनीतिक कुटनीतिक उद्देश्य के थियो भन्ने प्रष्ट भइसकेको छैन।







डिसी नेपाल








Facebook Comment