सहकारी छानविन प्रतिवेदनलाई पुन:अध्ययन गर्न रास्वपा उपसभापति वाग्लेको माग

डिसी नेपाल
२ मंसिर २०८२ १५:४६
36
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानविन प्रतिवेदनलाई यो सरकारले पुन:अध्ययन गर्नुपर्ने बताएका छन्।

मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानविन प्रतिवेदनमा एमालेको नियत छर्लङ देखिएको भन्दै उनले वर्तमान सरकारले त्यसमा पुनअध्ययन गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘रवि लामिछानेलाई नख्खुमा राखिएको ४/५ महिना भयो भैरहवामा लामो समय राखियो। आधार के थियो? संसदले बनाएको छानविन प्रतिवेदनको आधारमा संसदले पेस गरेको त्यस्तो प्रकृतिको छानविन रिपोर्ट तयार भएको दुई तीन घण्टामा नै क्याविनेटमा लगेर कारवाही गराएको ओली सरकारको नियतबारे आम जनताले छर्लङ थाहा पाइसकेका छन्। त्यो प्रतिवेदनको पाना नं.४४९ फेरी पढिदिन यो सरकारलाई आग्रह गरेका छौं। त्यो सहकारी छानविन प्रतिवेदनलाई क्याविनेटले पुनअध्ययन गरोस् र त्यसलाई अनुसन्धान फेरी गर्नुपर्नेमा कानुनी राय लिओस्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *