राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त
काठमाडौं । राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजदेखि लागू हुने गरी राष्ट्रियसभाको सचिवमा नियुक्त गरेका हुन्।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–८ निवासी कँडेललाई नियुक्ति गरिएको हो।
उनको शपथ आजै दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि समितिको सभाहलमा हुने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment