‘जेनजी’ प्रदर्शनका घाइते सन्तोष बोहरासँग प्रधानमन्त्री कार्कीको भेट

डिसी नेपाल
२ मंसिर २०८२ १९:३६
92
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा दुवै आँखा गुमाएका सुर्खेत वीरेन्द्रनगर–२ भुरेलीका सन्तोष बोहरालाई भेटेर जानकारी लिएकी छन्।

आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर उहाँले बोहराको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।

प्रधानमन्त्री कार्कीले उपचारको प्रगतिबारे चिकित्सकसँग जानकारी लिनुका साथै बोहरा परिवारसँग भेट गरी आवश्यक सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ। गत भदौ २४ गते सुर्खेतमा भएको घटनामा गोली लागेर बोहराले दुवै आँखा गुमाएका थिए।

प्रधानमन्त्री कार्कीसँग घाइतेका बुवा चन्द्रबहादुर बोहोराले घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गरे। उनले छोरा एवं आश्रित परिवारको भविष्य अनिश्चित भएको भन्दै श्रीमती, चार वर्षीया छोरी तथा बुबाआमाको जीविकोपार्जनमा ठूलो कठिनाइ हुनेभन्दै ध्यानाकर्षण गराए।

परिवारसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सरकारले उपचार तथा आवश्यक सहयोग गर्ने आश्वासन दिए। उनले भने, ‘तपाईँलाई धेरै दुःख परेको छ भन्ने म बुझ्छु। हामी पनि आमाबाबु हौँ। उपचारका लागि सम्भव जति सबै उपाय प्रयोग गर्छौं। बच्चाको पढाइ र श्रीमतीको रोजगारीका विषयमा पनि पहल गर्छौँ।‘


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *