विवादको भूमरीमा कांग्रेस, आज केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ। बैठक बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।
असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित रहेकाले निष्कर्षमा पुग्न सकेको छैन। जसका कारण बैठक बारम्बार स्थगित हुँदै गरेको छ।
बैठकमा महाधिवेशनको मितिबारे छलफल गरी थप निष्कर्षमा पुग्न आज फेरि बैठक बोलाइएको हो।
यसअघि कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिइ। यी दुई प्रस्तावका पक्ष र विपक्षमा सुझाव दिने क्रम बैठकमा जारी छ।
विघटित संसदको सबैभन्दा ठूलो दल कांग्रेस यतिबेला आन्तरिक विवादको भूमरीमा फसेको छ। नियमति महाधिवेशन कि नियमित महाधिवेशन भन्नेमा कांग्रेस भित्र चर्को विवाद छ। सभापति देउवा मध्यमार्गी समाधानका लागि नेताहरुसँग नियमित छलफलमा छन्। तर सहमति जुट्न सकेको छैन।
No ads found for this position



डिसी नेपाल
Facebook Comment