हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी

डिसी नेपाल
४ मंसिर २०८२ १२:०८
44
Shares

कठमाडौं। हरियो धनियाँ र काँक्रोमा अत्याधिक विषादी भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीमा बिहीवार केन्द्रीय कृषि प्रयोगशाला एकाइले गरेको विषादी अवशेष परिक्षणमा काक्रो र हरियो धनियाँमा उपभोग गर्न नमिल्ने मात्रामा विषादी रहेको पाइएको हो।

विषादी परिक्षण अवशेषको रिर्पोट अनुसार भक्तपुरका किसान स्वस्थानी केसीले ल्याएको धनियाँमा अर्गानो फोस्फेट विषादीको मात्रा ५५.२९ प्रतिशत भेटिएको हो। त्यसैगरी, नवलपरासीकी किसान कल्पना चौलागाईको काँक्रोमा अर्गानो फोस्फेटको मात्रा ४६.५ प्रतिशत रहेको पाइएको हो।

अर्गानो फोस्फेट र कार्वामेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्रै उक्त फलफूल वा तरकारी उपभोग योग्य मानिन्छ। ४५ प्रतिशत वा त्यभन्दा माथि विषादी भेटिएको हकमा उक्त तरकारी नष्ट गर्नुपर्ने प्रावधान छ। यदि ३५ देखि ४५ प्रतिशतको बिचमा विषादी मात्रा रहेको अवस्थामा भने केहि दिन राखेर प्रयोग गर्न सकिने प्राबधान रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.