सिमरामा जेन-जी समूहको प्रदर्शन जारी
काठमाडौं । बाराको सिमरामा जेन-जीहरूले आज पनि प्रदर्शन जारी राखेका छन्।
बुधबार नेकपा एमालेका नेता-कार्यकर्ता र जेनजी युवाबीचको विवाद हुँदा अवस्था तनावग्रस्थ बनेको थियो।
एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको विमानलाई विमानस्थलमा अवतरण गर्न नदिने भन्दै जेनजी युवाहरू प्रदर्शनमा उत्रिएपछि बुधबार बाराको अवस्था तनावग्रस्थ बनेको हो।
त्यससँगै बारा प्रशासनले बुधबार दिनभर सिमरा क्षेत्रमा कर्फ्यू जारी गरेको थियो। कर्फ्यू गण्डक नहरदेखि पथलैया सडकखण्डः राजमार्गको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थल परिसरः चारैतिर ५०० मिटर क्षेत्रमा जारी गरिएको थियो।
आज बिहीबार बिहान १० बजेदेखि नै जेनजी युवाहरू सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै उनीहरूले प्रदर्शन जारी राखेका हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment