तनाव बढ्दा सिमरामा फेरि जारी गरियो कर्फ्यू

डिसी नेपाल
४ मंसिर २०८२ १३:००
240
Shares

बारा । बाराको सिमरामा जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेसँगै कर्फ्यू आदेश जारी गरिएको छ।

सिमरामा बुधबार भएको झडपको विषयलाई लिएर बिहीबार पनि जेनजी युवाहरू प्रदर्शनमा उत्रिएका छन्।

बिहीबार बिहान ११ बजेदेखि सिमरा चोकमा जम्मा भएर उनीहरूले विरोध प्रदर्शन गरिएका छन्।

भीड नियन्त्रणमा लिन प्रहरीले सामान्य बल पयोग पनि गरेको पनि स्थिति नियन्त्रणमा लिन बारा प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार १२:४५ देखि साँझ ८ बजेसम्मका लागि कफ्यू जारी गरिएको छ।

बुधबार नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवाद हुँदा अवस्था तनावग्रस्थ बनेको थियो।

एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको विमानलाई विमानस्थलमा अवतरण गर्न नदिने भन्दै जेनजी युवाहरू प्रदर्शनमा उत्रिएपछि बुधबार बाराको अवस्था तनावग्रस्थ बनेको हो।

आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन जारी राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *