सुरु भयो एमालेको सचिवालय बैठक, यस्ताछन् एजेण्डा
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
बैठकमा मंसिर २७ गतेबाट हुने ११औं महाधिवेशनबारे छलफल हुनेछ।
भदौ २३-२४ को आन्दोलनको क्रममा आगजनी गरिएको पार्टी मुख्यालय आवश्यक मर्मतसम्भारपछि आज च्यासलमै बैठक राखिएको एमालेले जनाएको छ।
आजको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो दाबीसहित सर्वसम्मत अध्यक्ष बनाउन बैठकमा प्रस्ताव गर्ने तयारी छ ।
महाधिवेशनको व्यवस्थापकीयलगायत विभिन्न उपसमिति गठन गरिने एमालेले जनाएको छ।
त्यस्तै मंसिर ६ गते काठमाडौंमा तय गरिएको जनप्रदर्शन, राष्ट्रियसभा र प्रतिनिधिसभा चुनावका लागि सहभागितालगायतको विषयमा बैठकमा छलफल हुने छ।
प्रतिक्रिया








डिसी नेपाल






Facebook Comment