सिमरा घटना : दुवै पक्ष संवादतर्फ उन्मुख
बारा । बाराको सिमरामा आन्दोलित जेनजी समूह र प्रशासन बिच बार्ताको तयारी अघि बढाइएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहका प्रतिनिधिसँग फोनमार्फत सम्पर्क गरेर बार्तामा बस्न आह्वान गरेका हुन्।
जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्न सुझाएका छन्। प्रशासनले गरेको आह्वानलाई जेनजी समूहले स्वीकार गरे पनि वार्ता कहाँ बस्ने भन्ने विषयमा भने अन्तिम टुंगो लागेको छैन।
यद्यपि, वार्ता भने इलाका प्रहरी कार्यालय सिमरामा बस्नुपर्ने उनीहरूको अडान छ। जिल्ला प्रशासन कार्यालयमै बस्ने कि इलाका प्रहरी कार्यालय सिमरामा बस्ने भन्ने विषयमा प्रशासनभित्र पनि आन्तरिक समन्वय चलिरहेको छ ।
सिमरामा झडपपछि निरन्तर तनावपूर्ण बनेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बारा र जेनजी समूह दुवै संवादतर्फ उन्मुख भएका हु्न। सिमरामा आन्दोलित जेनजी समूहले अझै पनि प्रर्दशन गरिरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment