सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ।
बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो। बुधबार साँझ गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो।
बाराको सिमरामा जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन्। सिमरामा बुधबार भएको झडपको विषयलाई लिएर बिहीबार पनि जेनजी युवाहरू प्रदर्शनमा उत्रिएका हुन्।
बिहीबार बिहान ११ बजेदेखि सिमरा चोकमा जम्मा भएर उनीहरूले विरोध प्रदर्शन गरिएका छन्।
भीड नियन्त्रणमा लिन प्रहरीले सामान्य बल पयोग पनि गरेको पनि स्थिति नियन्त्रणमा लिन बारा प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार १२:४५ देखि साँझ ८ बजेसम्मका लागि कफ्यू जारी गरिएको छ।
बुधबार नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवाद हुँदा अवस्था तनावग्रस्थ बनेको थियो।
एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको विमानलाई विमानस्थलमा अवतरण गर्न नदिने भन्दै जेनजी युवाहरू प्रदर्शनमा उत्रिएपछि बुधबार बाराको अवस्था तनावग्रस्थ बनेको हो।
आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन जारी राखेका छन्।








डिसी नेपाल






Facebook Comment