काठमाडौंमा अनेरास्ववियु निकाल्यो मसाल जुलुस
काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ।
सरकारले दललाई निषेध गर्न खोजेको भन्दै अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंको मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो।
स्वतन्त्र रुपमा राजनीतिक गतिविधि गर्न पाउने सबैको अधिकार भएपनि एमालेको कार्यक्रमलाई केहि ठाँउमा निषेध गर्ने प्रयास सरकारबाटै भएको उनीहरुको आरोप छ। उनीहरुले राजनीतिक गतिविधिमा लगातार निषेध भए प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन्।
अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले सुरक्षा दिन नसक्ने सरकारले निर्वाचनको नाटक गरिरहेको समेत बताएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment