चितवनबाट फरार बन्दी झापामा पक्राउ

डिसी नेपाल
८ मंसिर २०८२ ७:२५
20
Shares

झापा। जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापाबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए। सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए।

प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको जनाएको छ। चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए। पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *