राष्ट्रकविले मन पराएको गीत दुई दशकपछि एआईबाट रेकर्डिङ…

डिसी नेपाल
११ मंसिर २०८२ १४:३४
76
Shares

काठमाडौ ‘केही भोकि जस्तो लाग्छ भुइँमा पात खस्दा पनि,
घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि

विसं २०६३ मा राष्ट्रकवि माधव घिमिरेले आफ्नो निवास लैनचोरस्थित अलकाबस्तीमा गीतकार एवं रेडियोकर्मी रमेश पौडेलको गीति पुस्तक हात परेपछि यसलाई रुचिपूर्वक पढेका थिए कतिपय गीत गीतकारबाट पनि सुनेका थिए ‘आभाषित् आलाप’ प्रकाशन भएलगत्तै पौडेल कविवर घिमिरेको निवास पुगेका थिए

ओहो ! यो गीत पो रेकर्ड गर्नु पर्थ्याे त शक्तिवल्लभलाई सङ्गीत भर्न दिनु”, राष्ट्रकवि घिमिरेले भनाइ अहिले पनि गीतकार पौडेललाई झल्झल्ती सम्झना छ राष्ट्रकवि घिमिरेलाई अन्तराको यो हरफले झन् छोएको थियो

मै फर्के कि भन्दा होलान् गाउँमा कोही पस्दा पनि
घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि

त्यसपछि शक्तिवल्लभलाई किताब दिँदै रमेशले राष्ट्रकविले भनेको कुरा सुनाए तत्कालीन बेला गीत रेकर्ड गर्न निकै खर्च लाग्थ्यो छोराछोरीको पढाइ शुल्क तिर्ने धौधौ हुने बेला रमेशलाई गीतका लागि खर्च गर्ने आँट आएन उनका ज्वाइँ अमित घिमिरेले संयुक्त अधिराज्य बेलायतबाट एआईमा स्नातकोत्तरअन्तर्गत एआईमा विशिष्ट श्रेणी ल्याएपछि रमेशको गीतले एआईसँग नाता जोड्ने अवसर पायो

बाबा, गीत रेकर्ड गर्न अब एआईबाटै बनाएर अर्काइभ गर्नुस्”, छोरी आकृतिले भनेपछि पनि विश्वास भने लागिरहेको थिएन ‘एआईले सिर्जनशीलता मार्छ ’ भन्ने उनलाई लागिरहेको थियो

अमितकै भुक्तानी खाता (पेइड एकाउन्ट) बाट ‘सुनो एआईको फ्रि भर्सन’ मा आफ्ना मैलिक गीत हालेपछि चित्तबुझ्दो मेलोडीसहित उच्चारण भएको पौडेलले बताए उक्त खाताबाट बनाइएको गीतमा युट्युबले कपिराइट (प्रतिलिपि अधिकार) नहान्ने उनको भनाइ छ

राष्ट्रिय भावनाले भरिएको यो गीतको ‘म्यानुअल्ली लिरिकल भिडियो’ (साङ्गीतिक श्रव्यदृश्य सामग्री) बन्यो युट्युबमा सकारात्मक प्रतिक्रिया पनि आयो”, मल्टिमिडियामा अभिरूचि राख्ने गीतकार पौडेलले भने, “सुनोलाई गीतमा चाहिने आवश्यक निर्देशन दिइयो भने चाहेजस्तै मेलोडी र स्पष्ट उच्चारण दिने रहेछ म च्याट जिपिटी चलाउँदिन, उहिल्यै लेखेका मौलिक सिर्जनामा मात्रै हाल्छु गति, यति र लय मिलेका गीतमा ५० प्रतिशत लय शब्दमा हुने भएकाले त्यस्ता गीतमा सुनोले अझ मीठो धुन दिने रहेछरासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.