बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था ‘अत्यन्तै गम्भीर’

डिसी नेपाल
१५ मंसिर २०८२ २२:३३
224
Shares

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य “धेरै कमजोर” रहेको र उनलाई भेन्टिलेटरमा राखिएको उनको पार्टी, बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का नेताहरूले बताएका छन्।

८० वर्षीया खालिदा जियालाई नोभेम्बर २३ मा एक निजी अस्पतालमा भर्ना गरिएको थियो। उनको छातीमा संक्रमण भएको थियो जसले उनको मुटु र फोक्सोलाई असर गरेको थियो।

उनको अवस्था बिग्रँदै गएपछि, चार दिनपछि उनलाई कोरोनरी केयर युनिटमा सारिएको थियो।

समाचार पोर्टल टीबीइसन्युज डटनेटका अनुसार, बीइनपीका उपाध्यक्ष अहमद आजम खानले खालिदा जियाको अवस्था अत्यन्तै नाजुक रहेको र उनलाई भेन्टिलेटरमा राखिएको बताए।

उनले भने, “यसलाई धेरै गम्भीर अवस्था पनि भन्न सकिन्छ। यस समयमा सम्पूर्ण देशको लागि प्रार्थना गर्नु बाहेक अरू केही भन्न सकिन्न।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.