राष्ट्रिय अनुसन्धान विभागको एआइजी पदका लागि आंकाक्षीहरुबीच रस्साकस्सी

डिसी नेपाल
२१ मंसिर २०८२ १०:०४
324
Shares

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागको एआइजी पदका लागि बढुवा प्रकृया अघि बढ्दा आंकाक्षीहरुबीच रस्साकस्सी शुरु भएको छ। सरकारले विशेष सेवा नियमावली संशोधन गरेको निर्णयसँगै लामो समयदेखि रोकिएको विभागको बढुवा प्रक्रिया अघि बढ्ने तयारी भएपछि बढुवाको प्रतिस्पर्धा शुरु भएको हो।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत ऐन संशोधनपछि नियमावलीसमेत परिमार्जन गर्दै विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हटाई गृह मन्त्रालय मातहत ल्याएपछि रिक्त रहेको पदमा बढुवा हुन लागेको हो।

एक पदको लागि अहिले नौ जना प्रतिस्पर्धी रहेका छन्। विभागमा साढे दुई महिनादेखि रिक्त रहेको एआईजी पद भर्न अब बाटो खुलेको विभागका एक अधिकारीले जानकारी दिए। टेकेन्द्र कार्की विभागीय प्रमुखमा बढुवा भएपछि रिक्त बनेको यस पदका लागि नौ जना अनुसन्धान निर्देशकबीच प्रतिस्पर्धा रहेको छ।

२०७९ भदौ २१ मा डीआईजी भएका ओम खड्का,कृष्ण ढकाल,राम दास,प्रजेश हमाल,भिम बुढाथोकीबीच नै प्रतिस्प्र्धा रहेको छ। त्यसैगरी २०७९ वैशाख ५ मा डीआईजी भएका किशोर श्रेष्ठ,संजय यादव, तथा २०७९ असार ११ मा डीआईजी भएका इन्द्रसिंह लामा,माधव तिमल्सिनाले पनि एआइजीको दावी गरिरहेका छन्।

यसअघि विभागीय प्रमुख नियुक्तिमा नै सिनियरिटी बेवास्ता गरिएको भन्दै आलोचना भएको थियो। एआईजी पद पूर्ति भएसँगै विभागमा तल्लो तहसम्म श्रृंखलाबद्ध बढुवा गर्ने तयारी गरिएको छ। ‘रोकिएको बढुवा प्रकृया फूकुवा भएको छ,’ विभागका ती अधिकारीले भने ‘केही दिनमा नयाँ पदमा नयाँ व्यक्तिको बढुवा हुनेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.