पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ। दर्ता हुने क्रममा रहेको मुद्दाको मिसिलमा ८ अर्ब बिगो दाबी गरिएको छ।
अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ,भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ। त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको छ।
संसदीय छानविन समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै कारबाहीका लागि अख्तियारलाई सिफारिस गरेको थियो। संसदीय छानविन समितिको सिफारिसअनुसार छानविन सकाएर नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्ने तयारी भइरहेको अख्तियार स्रोतले बतायो ।
विमानस्थल निर्माणमा ठेक्का सम्झौतादेखि नै अनियमितता र भ्रष्टाचार भएको संसदीय छानविन समितिको निष्कर्ष रहेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का प्रक्रियाकै क्रममा ८ अर्ब लागत बढाएर भ्रष्टाचार गरेको, सम्झौता विपरीत अतिरिक्त भुक्तानी दिएको, रनवे निर्माणमा हिनामिना गरेको, सम्झौता विपरीत दुई अर्बभन्दा बढी कर छुट दिएको, परामर्श सेवा र इन्धन भण्डारण लगायतमा हिनामिना गरेको आरोप रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment