एमाले महाधिवेशन : साढे दुई बजेसम्म ५६० मत खस्यो

डिसी नेपाल
२ पुष २०८२ १४:४३
128
Shares

काठमाडौं। नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ।

विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान साढे दुई बजेसम्म ५६० जनाले मतदान गरेका छन्। एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन्।

एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ प्रतिनिधि रहेका छन्।

अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। महाधिवेशनस्थलको भित्र र बाहिर विभिन्न उम्मेदवारका समर्थक र शुभेच्छकहरूले आ-आफ्ना शैलीमा प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

प्रदर्शनीमार्गको सडकमा नाचगान र सांस्कृतिक प्रस्तुतिसहित प्रचारप्रसार गरिएको छ। सोही कारण प्रदर्शनीमार्गको सवारी आवागमन प्रभावित भएको छ।

एमाले महाधिवेशनको उद्घाटन गत मङ्सिर २७ गते भक्तपुरको सल्लाघारी चौरमा भएको थियो भने मङ्सिर २८ गतेदेखि भृकुटीमण्डपमा बन्दसत्र र चुनावी कार्यक्रम सुरु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *