जेनजी आन्दोलनको उपलब्धीलाई संरक्षण गर्न सबैको सहकार्य आवश्यक : कृष्ण पहाडी

डिसी नेपाल
२ पुष २०८२ १८:५५
64
Shares

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले जेनजी आन्दोलनको उपलब्धीलाई संरक्षण गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘जेनजी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौता’ बारे राजनीतिक तथा नागरिक समाजको दृष्टिकोण गोलमेच छलफल कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको उपलब्धीलाई संरक्षण गरेर साँच्चिनै भ्रष्टाचारमुक्त नेपाल बनाउनु पर्ने भन्दै त्यसको लागि आरोप प्रत्यारोप होईन सहकार्य गर्नुपर्ने बताए।

उनले भने, ‘जेनजी आन्दोलनको उपलब्धीलाई संरक्षण गरेर साँच्चिनै भ्रष्टाचार न्यूनिकरण गरेको नेपाल बनाउनको लागि आरोप प्रत्यारोप गरेर हुँदन,ै चुनाव गर्ने हो भने हामीले सहकार्य गर्नुपर्छ।’

सोही क्रममा नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले यो आन्दोलनमा दोषि जो भएपनि त्यसलाई चोखाउनुपर्छ भन्ने सम्झौता गरेको कुरा पनि आएको भन्दै यसलाई मान्न तयार नभएको बताए।

उनले भने, ‘सम्झौता जति नै गरेपनि जिम्मेवारी लिनु पर्दैन। यो घटनामा दोषि जो भएपनि त्यसलाई चोखाउनुपर्छ भन्ने सम्झौता गरेको कुरा पनि आएको छ, म यो कुरालाई मान्न तयार छैन।’

हिजोका घटनाबाट पाठ सिक्ने हो र भोली देश कस्तो बनाउने भन्ने तर्फ अगाडि बढ्नुपर्ने भन्दै नेपालमा शान्तिपूर्ण र वैधानिक तवरले पूर्ण प्रजातन्त्र स्थापना गर्ने तर्फ जानुपर्ने उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.