एमाले अध्यक्षमा ओलीको ह्याट्रिक
काठमाडौं। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी भएका छन्।
काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन्। अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे।
ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए।
त्यस्तै, उनी दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment