नवनिर्वाचित एमाले अध्यक्ष ओलीले लिए सपथ
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सपथ लिएका छन्।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।
शपथपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिए ।
यसअघि उनी २०७८ मा चितवनको सौराहामा आयोजित दशौं महाधिवेशनमा निर्वाचित भएका थिए। त्यसअघि उनी २०७१ मा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए।
बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने अध्यक्ष ओलीले सपथ खुवाएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment