निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

डिसी नेपाल
३ पुष २०८२ १९:०४
12
Shares

तिलोत्तमा । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताउनुभएको छ। रुपन्देही उद्योग सङ्घ बुटवलको आयोजनामा आजदेखि सुरु १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ को उद्घाटनमा उहाँले वर्तमान समयमा निर्वाचनको विकल्प नभएको बताए।

उनले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको मात्र नभई नेपालकै लागि गौरवको कुरा रहेको बताउँदै यसको विस्तारलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए।

त्यस अवसरमा रुपन्देही उद्योग सङ्घ बुटवलद्वारा प्रदान गर्ने रु ४८ हजार राशिको उत्कृष्ट औद्यौगिक पत्रकारिता पुरस्कार २०८१ मेचीकाली राष्ट्रिय दैनिक पत्रिकाका पत्रकार प्रकाश आचार्यलाई प्रदान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *