आमनिर्वाचन सफल पार्नुपर्नेमा स्वर्णीम वाग्लेको जोड

डिसी नेपाल
५ पुष २०८२ १५:५२

म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले फागुन २१ गतेको चुनाव राजनीतिक निकासका लागि प्रस्थानबिन्दु भएको बताए। ‘देशमा जति धेरै अन्योल हुन्छ त्यति नै अर्थव्यवस्था र शासन प्रणाली कमजोर हुन्छ‘, उनले भने, ‘जनताको परिवर्तनको चाहनालाई पूरा गर्न र राजनीतिक निकास दिन चुनावलाई सफल बनाउनै पर्छ।‘


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *