बलिउड अभिनेत्री नोरा फतेहीको कार दुर्घटना
काठमाडौं । शनिबार दिउँसो बलिउड अभिनेत्री नोरा फतेहीको कार गम्भीर दुर्घटनामा परेको छ। दुर्घटनामा उनको टाउकोमा चोट लागेको छ। यसको बाबजुद पनि उनले शनिबार साँझ एक कन्सर्टमा प्रस्तुति दिइन्।
नोरा फतेही डेभिड गुएटाको कन्सर्टमा भाग लिन सनबर्न फेस्टिभल जाँदै थिइन्, त्यही बेला एक रक्सीले मातेको व्यक्तिले तीव्र गतिमा उनको कारलाई ठक्कर दिए।
नोराले एक भिडियोमा उक्त घटना दिउँसो ३ बजे भएको बताएकी छिन्। नोराको कारलाई ठक्कर दिनुको साथै, उक्त व्यक्तिले धेरै मानिसहरूलाई कुल्चेर घाइते बनाएको पनि बताएकी छिन्।
ठोक्किँदा नोरा फतेहीको टाउकोमा चोट लाग्यो। उनलाई तुरुन्तै नजिकैको अस्पताल लगियो र सिटी स्क्यान गरियो। परीक्षणबाट उनलाई गम्भीर चोट नलागेको पत्ता लाग्यो। डाक्टरहरूसँग परामर्श गरेपछि नोरा सनबर्न २०२५ मा प्रस्तुति दिन फर्किइन्।
नोरा फतेहीले आफूलाई ठक्कर दिने पुरुष विरुद्ध उजुरी दिएकी छिन् र उनलाई हिरासतमा लिइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment