करेन्ट लागेर २८ वर्षीय युवकको मृत्यु

डिसी नेपाल
८ पुष २०८२ २२:०१
60
Shares

धनगढी डोटीको जोरायल गाउँपालिका६ गापरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो २ बजे जोरायल गाउँपालिका६ का वडा सदस्य २८ वर्षीय खेम साउद आफ्नै कोठामा रहेको बिजुलीको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घाइते साउदलाई आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याए पनि उनको उपचारका क्रममा आज साँझ ५ बजेर २७ मिनेटमा मृत्यु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *