बुधबारदेखि ‘विराट ट्रेड एक्स्पो’, तयारी पूरा

डिसी नेपाल
८ पुष २०८२ २२:४०
16
Shares

मोरङ कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहित गरी यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान गर्न गर्ने उद्देश्यले बुधबारदेखि विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएको छ।

मोरङ उद्योग व्यापार सङ्घ विराटनगरको आयोजनामा बुधबारदेखि १७ गतेसम्म यहाँ हुने ‘एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएको आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

अन्तरराष्ट्रियस्तरको कृषि, पर्यटन तथा औद्योगिक उत्पादन मेला आयोजनाले यस क्षेत्रका औद्योगिक उत्पादनको प्रवर्द्धनका साथै कृषि उत्पादनको बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष अनुपम राठीले जानकारी दि। विराटनगर१ पोखरियामा आयोजना हुने एक्स्पोमा रु २० करोडको व्यापार हुने अनुमान रहेको उहाँले बता

एक्स्पोका संयोजक अमितकुमार सारडाले एक्स्पोमा २०० वटा ‘स्टल’ रहने बता। एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका साथै भारत, बङ्गलादेश, पाकिस्तानमा उत्पादित वस्तुहरू समेत रहने उहाँले जानकारी दि

पत्रकार सम्मेलनमा एक्स्पो सञ्चालनका लागि दुई करोड ५० लाख खर्च हुने अनुमान रहेको बताइएको छ। सङ्घले यसअघि विसं २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ मा व्यापार मेला आयोजना गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *