जीपी कोइराला मेमोरियल कलेजमा ताला
काठमाडौं। जीपी कोइराला मेमोरियल कलेज, चावहिलमा अध्यापनरत प्राध्यापक तथा कर्मचारीका विभिन्न माग पूरा नभएको भन्दै अनिश्चितकालीन तालाबन्दी गरिएको छ।
पब्लिक क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्।
संघ-संस्थाले कलेजको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि व्यवस्थित रूपमा सञ्चालन गर्न पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कलेज प्रशासनले बेवास्ता गरेको आरोप लगाएका छन्।
गत साउन १५ को ध्यानाकर्षण पत्र, भदौ ८ को विज्ञप्ति, कात्तिक १९ को पुनःध्यानाकर्षण तथा कात्तिक २८ को २४ घण्टे अल्टिमेटमसमेत बेवास्ता भएपछि बाध्य भएर तालाबन्दी गरिएको जनाइएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment