तीन दिन विद्यालय बन्द

डिसी नेपाल
९ पुष २०८२ १६:२३
6.2k
Shares

काठमाडौं । चिसो बढेसँगै बुटवलका विद्यालयहरू तीन दिन बन्द रहने भएका छन्। बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पुस ११, १३ र १४ गते उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरू बन्द हुने जनाएको हो।

१२ गते शनिबार सार्वजनिक बिदा नै परेकाले लगातार चार दिन विद्यालयहरू बन्द हुने भएका हुन्।

‘केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गरिएको ब्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ,’ उपमहानगर प्रमुख खेलराज पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै, उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने व्यवस्था मिलाइने विज्ञप्तिमा जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *