बिहीबार कस्तो रहला देशभरको मौसम?
काठमाडौं। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हाल कोशी प्रदेशमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका तराई भू-भागमा हुस्सु-कुहिरो रहनेछ। कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै, आज राति तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ। पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment