नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

डिसी नेपाल
१० पुष २०८२ २०:०४
16
Shares

जुम्ला। नाग्मगमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ। नाग्मगमगढी सडकखण्डको ९३ किलोमिटर क्षेत्रमा तीन पक्की पुल निर्माण गर्न अझै बाँकी छ।

जग्गा विवादका कारण तीन पुल निर्माण गर्न ढिला भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधारीले जानकारी दिनुभयो। पुल निर्माण हुने स्थानमा स्थानीयवासीको जग्गा परेको छ। सरकारले जग्गाको मुआब्जा दिने गरेको छैन।

बारम्बार जग्गाधनीसँग छलफल गर्दा निश्कर्षमा पुग्न सकिएको छैन। मुआब्जा दिनसके समस्या समाधान हुन्छ’, उनले भने।

हिमा गाउँपालिका जोड्ने पुल पनि जग्गा विवादका कारण निर्माण कार्य रोकिएको छ। कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाको पुल घरटहराका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन। मुगुको लुम्स पुल निर्माण घर तथा जग्गाका कारण रोकिएको प्रमुख चौधरीले बताए।

स्थानीय सरकारलाई सहजीकरणका लागि आग्रह गरिएको छ। विवादका कारण तीन वर्षदेखि पुल निर्माणमा ढिलाइ भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा पुल निर्माण गर्न रु ४० लाख विनियोजन गरिएको प्रमुख चौधरीले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *