नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

डिसी नेपाल
११ पुष २०८२ २२:४९
48
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनको फरक-फरक पाँच वटा निवेदन दर्ता गराएको छ।

प्रतिवादी गजेन्द्र महर्जनसमेत रहेको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर आयोगलाई चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको फरक-फरक पाँच वटा निवेदन दर्ता गराएको हो।

आयोगद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘गोदावरी नगरपालिकाका तत्कालीन नगरप्रमुख गजेन्द्र महर्जन, तत्कालीन नगर उपप्रमुख मुना अधिकारीसमेतका प्रतिवादीहरू उपर गोदावरी नगरपालिकाले विभिन्न आर्थिक वर्षमा राजस्व निर्धारण गर्दा बदनियत राखी नेपालको संविधान, सङ्घीय आर्थिक ऐन, प्रदेश आर्थिक ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समेतको प्रचलित कानुनलाई बेवास्ता गरी राजस्व चुहावट गरी गराइ नेपाल सरकारलाई हानी पुर्याएकाले भ्रष्टाचार निवारण ऐन बमोजिम सर्वोच्च अदालतमा पुनरावेदनको फरक फरक पाँच वटा निवेदन दर्ता गरिएको छ।’

जम्मा एक अर्ब चार करोड ८७ लाख ४५ हजार २८७ राजस्व चुहावट गरी सरकारलाई हानी पुर्याएको विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *