No ads found for this position
No ads found for this position

क्यानको निर्वाचन असोज १० र ११ गते, नेपाली क्रिकेटको निलम्बन फुकुवा हुने आशा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३० भदौ २०७६ १४:५५
No ads found for this position

काठमाडौं। विगत ३ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ। यसअघि आगामी असोज ३ र ४ गतेका लागि तोकिएको क्यानको निर्वाचन नियमविपरीत भएको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले रोक्न निर्देशन दिएको थियो।

त्यसपछि काठमाडौं आएका आइसिसीका प्रतिनिधिद्वय इमरान ख्वाजा र अमर शेखसँग खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले छलफल गरेसँगै नयाँ मिति सार्वजनिक गरिएको हो। निर्वाचनको जिम्मा पाएको आइसिसीको स्वतन्त्र समितिका अधिवक्ता राजेश्वर श्रेष्ठले नयाँ मितिमा निर्वाचन गराउने सहमति भएको पुष्टि गरे।

यसअघि स्वतन्त्र समितिले विधानअनुसार निर्वाचन गर्न लागिएको दाबी गरेको थियो। जसका कारण स्वतन्त्र समिति र खेलकुद परिषदबीच दूरी बढेको थियो। राष्ट्रिय खेलकुद परिषद्ले कुनै पनि संघको निर्वाचनका लागि २१ दिनअघि नै सूचना निकाल्नु पर्ने र सूचना निकाल्नुअघि खेलकुद परिषद्‍बाट स्वीकृति लिनुपर्ने भन्दै क्यानको निर्वाचन प्रक्रिया विधानअनुसार नभएको दाबी गरेको थियो।

यस्तै, खेलकुद परिषद्ले क्यानको निर्वाचन समितिमा पनि आफ्ना प्रतिनिधि हुनुपर्ने भनेको थियो। तर स्वतन्त्र समितिले अन्य संघभन्दा क्यानको निर्वाचन विशेष परिस्थितिमा हुन लागेकोले अनुमति लिन नपर्ने बताएको थियो। ५ सदस्यीय स्वतन्त्र समितिमा आइसिसीको तर्फबाट अमर शेख, नितिश कोथारी र मोहम्मद अली, राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री र निर्वाचित क्यानको तर्फबाट ठाकुरप्रताप थापा सदस्य छन्।

खेलकुद परिषद्ले यसअघि भएका जिल्ला र प्रादेशिक समितिको निवार्धनमा कुनै चासो देखाएको थिएन। आगामी अक्टोबर १३ मा बस्ने आइसिसीको बोर्ड बैठकलाई नेपाली क्रिकेटबारे अन्तिम निर्णय गर्ने अधिकार दिइएको छ। सो बैठकमा निलम्बन फुकुवाको प्रस्ताव पेश गर्न क्यानको निर्वाचित केन्द्रीय समितिले आइसिसीलाई अनुरोध गर्नु पर्नेछ। समितिले १५ दिनअघि प्रस्ताव पेश गर्न पर्नेछ। आइसिसीले २०७३ वैशाखमा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो। त्यसयता नेपाली क्रिकेट अभिभावकविहीन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *