लोसपा नेपालको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्दै

डिसी नेपाल
१५ पुष २०८२ ११:३३
52
Shares

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आज संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्ने भएको छ ।

मंगलवार दिनको १२: ३० बजे बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समिति बैठक बस्ने भएको हो । पार्टी अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठकमा अध्यक्ष तथा सदस्यहरूको गरिमामय उपस्थितिको हार्दिक अनुरोध गरेका छन्।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन, राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी छलफल तथा अन्य विविध विषयहरूमा छलफल गरिने बताइएको छ । पार्टीले बैठकमार्फत आगामी निर्वाचन तयारी, रणनीति र दलबीचको समन्वयलाई बलियो बनाउने योजना रहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *